काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो सांगठनिक सञ्जाललाई विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य राखेको छ ।
नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आईतवार आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. हेमराज शर्माले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
अध्यक्ष डा. शर्माले नेपाली हुनुको पहिचान भूगोल र कानूनमा मात्र सिमित नहुने बताए । नेपाली डायस्पोराको बढ्दो संख्या र सामथ्र्यबारे चर्चा गर्दै डा. शर्माले नेपालभित्रको जनशक्ति भन्दा नेपालबाहिर रहेको युवा जनशक्तिको अनुपात र उनीहरूको आर्थिक उपार्जन क्षमता ठूलो भइसकेको उल्लेख गरे ।
विश्वका सानादेखि ठूला शहरहरूमा नेपाली उत्पादनको पहुँच पुगिसकेको र पछिल्लो समय ढुवानी लागत समेत कम भएकाले नेपाली सामग्रीहरूको अन्तर्राष्ट्रिय बजारीकरण सहज भएको उनको भनाइ छ ।
अध्यक्ष शर्माकाअनुसार, विदेशमा रहेका नेपालीहरूको अथाह सम्भावना, सीप र पुँजीलाई नेपालको विकाससँग जोड्नु नै एनआरएनएको प्रमुख उद्देश्य हो ।
संघले आगामी दिनमा आफ्नो कार्यक्षेत्र र दायरालाई थप परिष्कृत गर्दै लैजाने योजना बनाएको छ । एनआरएनए र नेपाल चेम्बर अफ कमर्सबिचको यो सहकार्यले वैदेशिक लगानी भित्र्याउन र नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्