काठमाडौँ । ग्यास बिक्रेता महासङ्घ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले पछिल्लो समय बजारमा ग्यास अभाव हुनुको मुख्य कारण नेपाल ग्यास र यसको आन्तरिक विवाद भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा अध्यक्ष अर्यालले भनेका छन्,“आज ग्याँस अभाव हुनुको मुख्य कारण नेपाल ग्यास हो ।
नेपाल ग्यास आन्तरिक विवादका कारण विगत एक वर्षदेखि अभाव छ । माओवादी नेता(नेपाली कम्युनिस्ट पार्टीका संयोजक) प्रचण्डको आफन्त भएका कारण यो ग्यास उद्योगलाई कारबाही गर्न नेपाल आयाल निगम डराउँछ । यति मात्र होइन नेपाल आयल निगममा एलपीजी वितरण शाखामा उनैले रुचाएका मान्छे छन् ।

उनले प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति रहबर अन्सारीमाथी पनि गम्भीर आरोप लगाएका छन् । उनले भनेका छन्, “देशभर ग्यास अभाव हुँदा संसदको उद्योग वाणिज्य समिति सभापति उनीलाई नै फाइदा हुने गरी बोल्दैछन् । ती पूर्व माओवादी सांसद हुन् ।”
रहबर पहिले प्रचण्ड नेतृत्वको पार्टीमा थिए । गत फागुनमा भएको निर्वाचनमा रास्वपाबाट निर्वाचित भएर अहिले समिति सभापति छन् । अध्यक्ष अर्यालले महासङ्घभित्र खेल्ने प्रयास गरेको समेत आरोप लगाएका छन् ।
काठमाडौँमा मात्रै नेपाल ग्यासको झण्डै १० लाख सिलिन्डर प्रयोगमा छन् ।
नेपाल ग्यासको आन्तरिक विवाद र कम्पनी किनबेचका कारण पछिल्लो एक वर्षमा नेपाल ग्यासले प्रभावकारी वितरण गर्न नसकेको आरोप लागिरहेको छ । प्रयाप्त ग्याँस भित्रिए पनि नेपाल ग्यास समस्यामा हुँद समग्र च्यनल प्रभावित भएको टिप्पणी भइरहेको छ ।
ग्यास विक्रेता महासङघ नेपाल एलपी ग्यास (खाना पकाउने ग्यास) बिक्री वितरण गर्ने नेपालभरिका डिलर तथा खुद्रा विक्रेताहरूको छाता सङगठन हो ।
ग्यास आपूर्तिमा महासङ्ले सहजिकरणकाे प्रयास गरिररहेकाे छ । जतिसुकै प्रयास गर्दा पनि ग्यास अभाव कायमै देखिएपछि अध्यक्ष अर्यालले नेपाल ग्यासकाे समस्याबारे मुख खाेलेका हुन् ।
अध्यक्ष अर्यालकाे भनाइपछि पछिल्लाे समय कम्पनी किनबेच समेत भएकाे नेपाल ग्यासकाे समस्या सतहमा सतहमा आएकाे छ ।


प्रतिक्रिया दिनुहोस्