आजका लागि विदेशी मुद्राको विनिमयदर तय


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८२ पैसा र बिक्रीदर १५३ रुपियाँ ४२ पैसा, युरोपियन युरो एकको खरिददर १७८ रुपियाँ ५० पैसा र बिक्रीदर १७९ रुपियाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपियाँ ४१ पैसा र बिक्रीदर २०९ रुपियाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपियाँ ७९ पैसा र बिक्रीदर १९१ रुपियाँ ५४ पैसा छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ ६६ पैसा र बिक्रीदर ११० रुपियाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपियाँ ०१ पैसा र बिक्रीदर १११ रुपियाँ ४४ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७४ पैसा र बिक्रीदर २२ रुपियाँ ८३ पैसा विनिमयदर तोकिएको छ ।

यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७० पैसा र बिक्रीदर ४० रुपियाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९३ पैसा र बिक्रीदर ४२ रुपियाँ ०९ पैसा निर्धारण गरिएको छ ।

यस्तै युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६१ पैसा र बिक्रीदर ४१ रुपियाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ०३ पैसा र बिक्रीदर ११ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ ।

कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ १९ पैसा र बिक्रीदर ५०० रुपियाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ३६ पैसा बिक्रीदर ४०६ रुपियाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ९५ पैसा र बिक्रीदर ३९८ रुपियाँ ५१ पैसा विनिमयदर कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।