पाचौँ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ हुँदै


काठमाडौँ। ‘डिजिटल नेपाल कन्क्लेभ’को पाचौँ संस्करणको कार्यक्रम यहि भदाै ११ गते बिहिबार ललितपुर स्थित द प्लाजामा हुने भएकाे छ । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने कन्क्लेभको मूल विषय ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ अर्थात् ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ रहेको छ।

डिजिटल नेपालको लागि डिजिटल रुपान्तरण र डिजिटल इकोसिस्टम बिकासको मुख्य एजेन्डामा बिगत ५ वर्षदेखि आयोजना हुदै आएको कन्क्लेभ, प्रविधि क्षेत्रको बृहत सम्मेलन हो। सरकारले सन् २०१९ मा सार्बजनिक गरेको डिजिटल नेपाल फ्रेमवक्रको आधारमा नीतिगत बहस र  डिजिटल रुपान्तरणको एजेन्डामा सन् २०२० देखि नै डिजिटल संवाद र कन्क्लेभहरु सुरु भएको थियो।

सन् २०२६ को संस्करणको कन्क्लेभमा पछिल्लो समय नयाँ सरकारले सुशासनलाई दिएको प्राथमिकता र त्यसको लागि डेटामा आधारित गभर्नेन्स र इकोनोमीलाई बृहतरुपमा छलफलको बिषय बनाएको छ । 

यस वर्षको कन्क्लेभमा ३ वढी कि-नोट प्रस्तुति, ५ वटा बिषयगत प्यानल संवाद र एउटा पावर संवाद सेसन सन्चालन हुने जनाइएकाे छ । केहि बिषयगत बिज्ञको प्रस्तुतिसँगै १० बढी डिजिटल नेपालको लागि काम भइरहेका इन्नोभेसनको प्रस्तुति (डिजिटल स्पार्क) पनि रहेको छ । केहि अन्तर्रास्ट्रिय बिज्ञहरुको समेत सहभागिता रहने यस सम्मेलनमा नेपाल सरकारको तर्फबाट उच्चस्तरीय प्रतिनिधि, प्रतिनिधि सभा सदस्य तथा मन्त्रीहरूको सहभागिता रहनेछ । कार्यक्रममा ५ सय बढीको प्रत्यक्ष सहभागिता रहने बताइएको छ ।

डिजिटल नेपाल बनाउने सरकारको महत्वाकांक्षी योजनामा निजि क्षेत्र, सरकार र अन्तरास्ट्रिय निकायलाइ सहभागी गराएर सँगै छलफलको वातावरण बनाउँदै नीतिगत सुधार र कार्यन्वयनमा जोड दिनु कार्यक्रमको मुख्य उदेश्य रहेको फाउन्डेसनको अध्यक्ष राजन लम्सालले जानकारी दिए । डिजिटल इकोसिस्टमको लागि सरकारी र निजि क्षेत्रबाट भइरहेका प्रयास, प्रविधि तथा इन्नोभेसनलाइ पनि प्राथमिकताको साथ यो अभियानमा जोड्ने पहल रहेको लम्सालले बताए ।    

यस वर्षको कन्क्लेभका छलफल मुख्यतः तीन रणनीतिक बिषयमा केन्द्रित हुनेछ । पहिलो सेसनमा  गभर्नेन्स एन्ड डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरअन्तर्गत संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, एकीकृत डिजिटल आईडी,  नीतिगत नवप्रवर्तन र डेटामा आधारित निर्णय प्रक्रियाबारे छलफल हुने जनाइएकाे छ।

दोस्रो  सेसनमा डेटा, एआई एन्ड साइबरसिक्युरिटीअन्तर्गत राष्ट्रिय डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल ट्रस्ट तथा विभिन्न क्षेत्रबिच डेटा इन्टरअपरेबिलिटीका विषय उठाइनेछन्।

तेस्रो सेसनमा डिजिटल इकोनोमी एन्ड इनोभेसनअन्तर्गत डिजिटल रुपान्तरण र यसको लागि लगानीका सम्भावना तथा भविष्यका लागि आवश्यक डिजिटल जनशक्तिबारे बहस हुनेछ। यसैगरी अन्तिम सेसन डिजिटल नेतृत्व र रुपान्तरणको लागि राजनीतिक प्रतिबदता बिषयमा केन्द्रित रहनेछ ।