घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २२ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख २२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रूपैयाँले घटेर ४ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।