काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रिय विपद् प्राधिकरणको पदाधिकारीहरूसहित सुरक्षा निकायहरू उपस्थिति रहने स्रोतको भनाई छ ।
प्रधानमन्त्रीले अहिले उद्धार र तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्