काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीबाट वाणिज्य बैंकका ९ वटा शाखा कार्यालयमा क्षति भएका छन्। अधिकांश शाखाका भवन तथा भौतिक संरचना बाढीले बगाएको वा पूर्ण रूपमा क्षति पुगेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए।
उनका अनुसार प्रभावित शाखामा कार्यरत आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कमा आएका छैनन्। केही कर्मचारीले भने आफूहरू सुरक्षित रहेको तर बैंक कार्यालय नरहेको जानकारी गराएका छन्।
प्रभावित क्षेत्रमा नबिल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंकलगायतका शाखा रहेका थिए।‘ती सबै शाखामा क्षति पुगेको अनुमान गरिएको छ। सम्पर्क हुन नसकेकाले क्षतिको विवरण संकलन गर्न समस्या भएको छ,’ कोइरालाले भने।
बैंकर्स संघले सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारमा तीव्रता दिन आग्रह गरेको छ। प्रभावित शाखाको यकिन क्षतिको विवरण संकलन गर्ने काम भइरहेको संघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्