रसुवा बाढीका कारण १३ ओटा जलविद्युत् आयोजनामा क्षति


काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका १३ ओटा जलविद्युत् आयोजनामा क्षति भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार रसुवा ७ ओटा र नुवाकोटका ६ ओटा आयोजनाहरूमा क्षति पुर्याएको छ ।

जसमा सञ्चालनमा आएका ८ र निर्माणाधिन ५ ओटा रहेका छन् ।

रसुवामा सञ्चालनमा रहेका पाँच आयोजनाको कुल उत्पादन क्षमता २३६ मेगावाट रहेको छ।

त्यस्तै, रसुवामै निर्माणाधीन अवस्थामा रहेका ३४२ मेगावाट कुल क्षमताका तीन आयोजनामा क्षति पुगेको छ।

यसैगरी, नुवाकोटमा सञ्चालनमा रहेका ४ र निर्माणाधीन २ गरी ६ ओटा विद्युत् संरचनामा बाढीले असर पुर्‍याएको छ।

नुवाकाेटका आयाेजनामा क्षति