काठमाडौँ । एसकेटी नेपाल प्रालिले बाढीपहिरो प्रभावितका लागि रु. एक लाख सहयोग गर्ने भएको छ। कम्पनीले नेपाल कृषि मेसिनरी व्यवसायी संघमार्फत उक्त रकम राहतका लागि उपलब्ध गराउने जनाएको छ।
कम्पनीका सञ्चालक कृष्ण शर्माले विपद्को यस घडीमा पीडितको सहयोगका लागि सक्रिय हुन एसकेटी नेपालका सम्पूर्ण आधिकारिक डिलरका सञ्चालकलाई अपिल गरेका छन्।
उनले २०८३ भदौ १० गते तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै राहत तथा उद्धारका लागि सरकारी स्रोत र साधन मात्र पर्याप्त नहुने बताए।
मानवीय सहायताका रूपमा विपद् प्रभावितलाई सहयोग गर्नु सामाजिक तथा व्यावसायिक दायित्वसमेत भएको उल्लेख गर्दै शर्माले निजी क्षेत्रका व्यवसायीलाई पनि सहयोगमा जुट्न आग्रह गरेका छन्।
“मानवीय सहायताको हिसाबले सहयोग गर्नु हाम्रो धर्म हो। हामी निजी क्षेत्रको एक व्यावसायिक कर्तव्य निर्वाह गर्दै आफ्नो कम्पनीको तर्फबाट पीडितलाई सहयोग गर्नु अर्को पुण्य तथा समाजप्रति व्यावसायिक उत्तरदायित्व पनि हो,” शर्माले भनेका छन्।


प्रतिक्रिया दिनुहोस्