काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
लगातारको वर्षा र बाढीका कारण सडक भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ,“कृष्णभीरमा बाढिको कारणले बाटो भासिएकाले बाटो दुईतर्फी अवरोध भएकोले नारायणघाटबाट काठमाण्डौं जाने र आउने सबै किसीमका सवारी साधनहरू अर्को सूचना प्रकाशित नभएसम्मको लागि बाटो पूर्णरुपमा बन्द रहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।”
प्रहरीकाअनुसार कृष्णभीरमा सडकको जग नै भासिएको छ । यातायात पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।


प्रतिक्रिया दिनुहोस्