सुनको मूल्य तोलामा ९ हजार ५०० रूपैयाँले घट्यो


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९ हजार ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १८५ रूपैयाँले घटेर ४ हजार ७८० रूपैयाँमा कारोबार भइरहेको छ ।