काठमाडौँ । सिजी कर्प ग्लोवलका प्रवन्ध निर्देशक वरुण चौधरीले नेपालमा हालैको प्राकृतिक विपद्का कारण सिर्जित कठिन परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत सहयोगका लागि मित्र राष्ट्र भारतप्रति आभार प्रकट गरेका छन् ।
विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै चौधरीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन । संकटको यस घडीमा नेपाललाई पहिलो सहयोग स्वरूप राहत सामग्री उपलब्ध गराएर हौसला बढाएकोमा उनले भारत सरकारप्रति कृतज्ञता ज्ञापन गरे ।
भारतले प्रदर्शन गरेको यस सहयोगले दुई देशबीचको सदियौँ पुरानो र प्रगाढ मित्रतालाई पुनः पुष्टि गरेको चौधरीले बताए । उनले राहत सामग्रीका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष धन्यवाद समेत दिए ।


प्रतिक्रिया दिनुहोस्