काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने एक ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोलु हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १३ करोड ८२ लाख ७९ हजार रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.१५ प्रतिशतले बढेको छ ।
उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीको सेयरमूल्य ८.४८ प्रतिशतले घटेको छ ।
कुल ३४१ कम्पनीको ७६ लाख १३ हजार ६८१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्