इप्पानका अध्यक्ष मोहन कुमार डाँगीद्वारा भोटेकोशी बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग


काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष मोहन कुमार डाँगीले भोटेकोशी बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

अध्यक्ष डाँगीले आफ्ना कम्पनी लालुपाते हाइड्रो, तेह्रथुम पावर र डोनालेक हाइड्रोपावरको तर्फबाट तर्फबाट २५ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

अध्यक्ष डाँगीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सिंहदरबार स्थित मन्त्रालयमा ऊर्जा उद्यामीको तर्फबाट १३ करोड रुपैयाँबराबर रकमको चेक हस्तान्तरण हस्तान्तरण गरेका थिए ।

सोहीक्रममा अध्यक्ष डाँगीले पनि आफ्नोतर्फबाट सहयोग गरेका हुन् । अध्यक्ष डाँगीले विपद्को घडीमा आफ्नो कम्पनीको तर्फबाट बाढीपीडितका लागि २५ लाख रुपैयाा सहयोग गरेको जानकारी दिए ।