काठमाडौँ । सिद्धार्थ पेलट फिड प्रा.लिले प्रधानमन्त्री बिपद् राहत कोषमा ११ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
भोटेकोशी बाढीपीडितको राहत तथा उद्दारका लागि प्रा.लि.ले सहयोग रकम जम्मा गरेको हो ।
सञ्चालक रबिन पुरीले बाढी पीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको जानकारी दिए ।
पुरी नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिसमेत हुन् ।


प्रतिक्रिया दिनुहोस्