ग्लोबल आइएमई बैंकले गर्‍यो लाभांश घोषणा


काठमाडौँ । ग्लोबल आइएमई बैंकले लाभांश वितरण घोषणा गरेको छ ।

भदौ १७ गते बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंकले ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।