पोर्चुगलमा रहेका नेपाली व्यवसायी टंक सापकोटा परिवारद्वारा राहत कोषमा ५१ लाख सहयोग


काठमाडौँ । पोर्चुगलमा लामो समयदेखि बसोवास गर्दै आएका नेपाली व्यवसायी टंक सापकोटा तथा उनको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेका छन्।

राष्ट्रिय संकटका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सापकोटा परिवारले एकमुष्ट ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेको पोर्चुगलस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले सापकोटा तथा उनको परिवारले संकटको यस घडीमा देखाएको सदाशयता र सहयोगलाई प्रेरणादायी भन्दै प्रशंसा गरेको छ।

दूतावासका अनुसार सहयोग रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो। सापकोटा परिवारको सहयोगलाई विदेशमा रहेका नेपाली समुदायबाट राष्ट्रिय विपद्का बेला व्यक्त भएको ऐक्यबद्धताको उदाहरणका रूपमा समेत लिइएको छ।