काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख ६५ हजार सहयोग प्रदान गरेको छ ।
संस्थाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग रकम प्रदान गरेको हो ।
संस्थाले घाइते तथा प्रभावित व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनयापनको कामना गरिएको उल्लेख छ ।
“विनाशकारी विपद्बाट प्रभावितहरूलाई राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाको सञ्चालक समिति, कर्मचारी तथा संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख ६६ हजार सहयोग प्रदान गरेका छौँ,” प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संस्थाले विपद्बाट प्रभावित नेपाली तथा विदेशी नागरिक, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी र परिवारजनले भोग्नुपरेको पीडा तथा कठिनाइप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ ।
“प्राकृतिक विपद्का कारण प्रभावित सम्पूर्ण नागरिकप्रति सूर्यदय वोमी लघुवित्त परिवारको साथ र ऐक्यबद्धता रहिरहने छ,” विज्ञप्तिमा भनिएको छ।
सूर्यदय वोमी लघुवित्तले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला प्रभावित समुदायको सहयोगमा सक्रिय रूपमा सहभागी हुँदै आएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्