काठमाडौं। हनरले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन हनर एक्स७ई सार्वजनिक गरेको छ।
प्रभावशाली कार्य, आकर्षक डिजाइन, उत्कृष्ट दृश्य अनुभव तथा लामो समय टिक्ने ब्याट्री क्षमतासहित ल्याइएको यो स्मार्टफोन दिनभर कनेक्टेड, मनोरञ्जित र सक्रिय रहन चाहने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ।
हनर एक्स७ईमा ६.६१ इन्चको १२० हर्ज रिफ्रेस रेटयुक्त डिस्प्ले उपलब्ध छ, जसले सहज स्क्रोलिङ, छिटो टच प्रतिक्रिया र उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ। भिडियो स्ट्रिमिङ, सामाजिक सञ्जालको प्रयोग, गेमिङ वा इन्टरनेट ब्राउजिङका क्रममा उच्च रिफ्रेस रेटले प्रयोगकर्तालाई थप सहज र रमाइलो अनुभव दिने कम्पनीको दाबी छ।
यस स्मार्टफोनको प्रमुख विशेषता ७,५०० एमएएच क्षमताको विशाल ब्याट्री हो। लामो समयसम्म चार्ज नचाहिने भएकाले दैनिक प्रयोगमा ब्याट्रीको चिन्ता कम हुने बताइएको छ। साथै, ४५ वाट फास्ट चार्जिङ प्रविधि को सहायताले छोटो समयमै फोन चार्ज गर्न सकिन्छ।
फोटोग्राफीका पारखी प्रयोगकर्ताका लागि हनर एक्स७ईमा ५० मेगापिक्सेलको एआई अल्ट्रा क्लियर मुख्य क्यामेरा समावेश गरिएको छ। यसले स्पष्ट, जीवन्त र विस्तृत विवरणयुक्त तस्बिर खिच्न मद्दत गर्ने कम्पनीको भनाइ छ। दैनिक जीवनका महत्वपूर्ण क्षण, पोर्ट्रेट तस्बिर तथा अन्य विशेष दृश्यहरू उत्कृष्ट गुणस्तरमा कैद गर्न सकिने बताइएको छ।
हनर एक्स७ईमा ६ जीबी र्याम र २५६ जीबी आन्तरिक भण्डारण क्षमता प्रदान गरिएको छ, जसले फोटो, भिडियो, एप्स तथा अन्य फाइलहरूका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ। स्मार्टफोन सनराइज अरेन्ज र मिडनाइट ब्ल्याक गरी दुई आकर्षक रङमा उपलब्ध रहेको छ।
कम्पनीका अनुसार हनर एक्स७ई स्टाइल, कार्यसम्पादन र टिकाउपनको संयोजन खोज्ने प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हो। लामो ब्याट्री लाइफ, सहज मनोरञ्जन तथा उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्ने उद्देश्यका साथ यो स्मार्टफोन बजारमा ल्याइएको हो।
साथै, ग्राहक सेवाअन्तर्गत हनरले २०२६ सेप्टेम्बर १५ सम्म हनर एक्स७ई खरिद गर्ने ग्राहकलाई ६ महिनाको अतिरिक्त ब्याट्री वारेन्टी समेत उपलब्ध गराउने जनाएको छ। यसले उपकरणको ब्याट्री सम्बन्धी विश्वसनीयता र प्रयोगकर्ताको आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।
स्मार्टफोन सार्वजनिक भएको अवसरमा कम्पनीले विशेष सीमित अवधिको अफर पनि ल्याएको छ। यस योजनाअन्तर्गत २०२६ सेप्टेम्बर १५ सम्म हनर एक्स७ई खरिद गर्ने प्रत्येक ग्राहकले हनर एक्स७ई एक्टिभ इयरबड्स निःशुल्क प्राप्त गर्नेछन्।
हनर एक्स७ई (६ जीबी + २५६ जीबी) नेपाली बजारमा रु. ३९,९९९ मा उपलब्ध रहेको छ। कम्पनीका अनुसार यो स्मार्टफोन नेपालभरका आधिकारिक हनर बिक्री केन्द्रहरूमा खरिद गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्