जेनजी सहिदका सालिकसँग अनुहार नमिलेपछि कार्यक्रम स्थगित, अनावरण नगरी फर्किए गृहमन्त्री


ललितपुर । ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा निर्माण गरिएका जेनजी आन्दोलनका ४५ सहिदका सालिकको अनुहार नमिलेको भन्दै परिवारजनले गुनासो गरेपछि सालिक अनावरण कार्यक्रम स्थगित भएको छ।

सहिदका परिवारजनले सालिक उनीहरूको अनुहारसँग नमिलेको भन्दै आपत्ति जनाएपछि निर्धारित कार्यक्रम स्थगित गरिएको हो।

सालिक अनावरणका लागि पुगेका गृहमन्त्री सुदन गुरुङ अनावरण नगरी फर्किएका छन्। अनावरणका लागि पुगेका गृहमन्त्री गुरूङले केही समय सहिद परिवारसँग भलाकुसारी गरेर बसेका थिए ।

तस्बिरहरू : नेपाल फोटो सर्भिस