रिलायन्स स्पिनिङ मिल्सको लाभांश घोषणा


काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले उक्त आवका वित्तीय विवरण पारित गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत नगद लाभांश९करसहित० प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।