२१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम खुम्चियो


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २१.१९ अंकले घटेर २६१२.४२ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.३७ प्रतिशतले बढेको छ ।

कुल ३५० कम्पनीको एक करोड ५१ लाख १ हजार ५५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।