काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयर मापक सूचक नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड १३ लाख ८१ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा स्नो रिभर्सका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १३.६६ प्रतिशतले बढेको छ ।
यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले घटेको छ ।
कुल ३४५ कम्पनीको २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्