काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेयर रजिस्ट्रार परिवर्तन गरेको छ।
कम्पनीले सेयरसम्बन्धी प्रशासनिक व्यवस्थापनको जिम्मेवारी हिमालयन इन्भेस्टमेन्ट बैंकर्स लिमिटेडबाट हिमालय सेक्युरिटिज बैंकर्स लिमिटेडमा हस्तान्तरण गरेको हो।
गत महिना भदौ ५ गते बसेको बैठकले सेयर रजिस्ट्रार परिवर्तन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार २०८३ असोज २ गतेदेखि कम्पनीका सम्पूर्ण सेयरसम्बन्धी सेवा हिमालय सेक्युरिटिज बैंकर्स लिमिटेडमार्फत सञ्चालन हुनेछन्।
नयाँ सेयर रजिस्ट्रारले कम्पनीका सेयरधनीसँग सम्बन्धित विभिन्न प्रशासनिक कामहरु सेयरसम्बन्धी अभिलेख व्यवस्थापन, सेयर हस्तान्तरण तथा नामसारी, सेयर रोक्का तथा फुकुवा र सेयरधनीको विवरण अद्यावधिक लगायतका कार्यहरु गर्नेछ ।
कम्पनीले आफ्ना सम्पूर्ण सेयरधनी तथा सरोकारवालालाई अबदेखि सेयर व्यवस्थापनसँग सम्बन्धित जिज्ञासा तथा सेवा लिनका लागि नयाँ नियुक्त सेयर रजिस्ट्रार हिमालय सेक्युरिटिज बैंकर्स लिमिटेडमा सम्पर्क गर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्