काडमाडौँ । ओमानका लागि नेपाली राजदुतमा प्रस्तावित पदमाक्षी राणाले आफ्नो कार्यकालमा श्रम कुटनीतिलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले ओमानमा रहेका नेपाली श्रमिकको समस्या समाधान र उनीहरूको सुरक्षालाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताइन् । राणाले श्रमिकहरूको अवस्था सुधारका लागि आफूले ‘एम्प्याथी’ (समानुभूति) सहितको कुटनीति अवलम्वन गर्ने स्पष्ट पारे ।
उनले ओमानमा नेपाली श्रमिकका लागि हाल सञ्चालित २४ सै घण्टाको हटलाइन सेवालाई निरन्तरता दिने र समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि थप सक्रिय हुने विश्वास व्यक्त गरे । आफ्नो कार्ययोजनाको मुख्य हिस्साका रूपमा उनले उद्यमशीलता र लगानी प्रवद्र्धनलाई अघि सारे ।
उद्यमशीलताको क्षेत्रमा लामो अनुभव सँगालेकी राणाले नेपालको रैथाने उत्पादन र प्रविधिलाई ओमानको बजारमा पु¥याउन ‘भ्यालु क्रिएसन डिप्लोमेसी’ ९मूल्य सिर्जना गर्ने कुटनीति० आवश्यक रहेको औंल्र्र्याए ।
उनले ओमानको विकास रणनीति ‘भिजन २०४०’ सँग तालमेल गर्दै दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बनाउने कार्ययोजना प्रस्तुत गरिन् ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नीति निर्माणको तहमा आफू नयाँ भएपनि अनुसन्धान र फिल्ड अनुभवका आधारमा नीतिगत सुधार गर्न सक्षम रहेको दाबी गरिन् ।
विशेष गरी महिला घरेलु कामदारहरूको सुरक्षा र उनीहरूको राहदानी जफत हुनेजस्ता गम्भीर समस्या समाधानका लागि स्थानीय ओमानिया निकाय र नेपाल सरकारबीच समन्वय गरी ठोस कदम चाल्ने उनको योजना छ ।
आफ्नो सय दिने कार्ययोजनामा उनले हवाई कनेक्टिभिटी, श्रम सम्झौताको पुनरावलोकन र प्लास्टिक फोहोर व्यवस्थापनजस्ता प्राविधिक क्षेत्रमा समेत सहकार्यको ढोका खोल्ने लक्ष्य राखेको बताए ।


प्रतिक्रिया दिनुहोस्