काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य रहेको छ।
काफ्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।
उनले आफ्नो स्वास्थ्यप्रति चासो राख्दै माया, सद्भाव र शुभेच्छा व्यक्त गर्ने सम्पूर्णलाई धन्यवाद दिएकी छन्।
‘एपेन्डिसाइटिसको शल्यक्रियापछि अहिले मेरो स्वास्थ्य अवस्था सामान्य छ। मलाई सम्झेर, स्वास्थ्यलाभको कामना गर्दै माया र शुभेच्छा पठाउनुहुने तपाईंहरू सबैलाई मनैदेखि धेरै धेरै धन्यवाद,’ उनले फेसबुकमा लेखेकी छन्।
काफ्लेले समयमै उपचार तथा शीघ्र सेवा प्रदान गरेकोमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई समेत धन्यवाद व्यक्त गरेकी छन्।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारीसँगै उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी र शुभेच्छुकहरूप्रति आभार प्रकट गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस्