यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु


काठमाडौँ । एमएडब्लु इन्टरप्राइजेजले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरुवात गरेको छ ।

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको स्कुटर बाइकिङ बिक्री वितरण सुरुवात गरेको हो ।

यामाहा एरोक्स १५५ मा लिक्विड कूल्ड इन्जिन रहेको छ, जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कूटर बनाउने उल्लेख गरिएको छ । यसको १५५ सीसीको आर डीएनए इन्जिनले १५ पीएस पावर दिन्छ, जसले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्ने जनाइएको छ ।

एरोक्स १५५ को ५.८ इन्च एलसीडी इन्स्ट्रुमेन्ट स्क्रिनले स्पीडोमिटर, आरपीएम र भिभिए सूचकहरू प्रदर्शन गर्दछ जसले सवारहरूलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउने उल्लेख गरिएको छ ।

स्कूटरमा यमाहा वाई कनेक्ट जडित छ जुन सवारको स्मार्टफोनमा सम्बन्धित एप मार्फत जडान गर्न सकिने छ । यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउँछ ।

यामाहा एरोक्स १५५ तीन फरक रंगहरू रेसिङ ब्लू, ग्रे वर्मिलियन र मेटालिक ब्ल्याकमा उपलब्ध रहेका छन् । यसको मूल्य रु. ४ लाख ७४ हजार ९०० रहेको कम्पनीले जनाएको छ ।