नेप्सेको गिरावट जारी, घट्यो कारोबार रकम पनि


काठमाडौं । साताको कारोकारको दोस्रो दिन सेयरबजारमा गिरावट कायमै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.१० अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १.१२ अंकले बढेर ३५७.०२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये ७ वटा उपसमु्हको सेयरमूल्य बढेको छ भने बाँकी ६ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २ करोड ४४ लाख ४९ हजार ८ सय ८३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.२० प्रतिशतले बढेको छ ।

त्यस्तै स्वेत गंगा हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयरमूल्य ४.७० प्रतिशतले घटेको छ ।

कुल २७१ कम्पनीको २३ लाख ३६ हजार ६ सय २५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७ सय ५५ रुपैयाँको काराबार भएको छ ।