बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ भोलि बिहान बाँडफाँड हुने


काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओको बाँडफाँड भोलि (शुक्रबार) हुने भएको छ । उक्त आईपीओको बाँडफाँड शुक्रबार बिहान १०:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

उक्त आइपीओमा अन्तिम दिनसम्म २१ लाख ११ हजार ८ सय १९ जना आवेदकहरूले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।