बुद्धभुमि नेपालको आइपीओ पर्यो ? यसरी सजिलै हेर्नुहोस् नतिजा


काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आज (शुक्रबार) बिहान साढे १० बजे बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेपछि आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए ।

जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र योग्य आवेदक थिए । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका छन् । बाँकीको १९ लाख ५६ हजार ५ सय ५५ जनाको भने हात खाली भएको छ ।

यसरी हेर्नुहोस् नतिजा
सिभिल क्यापिटलका अनुसार आज बिहानै आइपीओ बाँडफाँड सम्पन्न भएता पनि सर्भरमा डाटा अपलोड गर्न केही समय लाग्ने भएको हुनाले साँझ ४ बजे पछि मात्रै सर्वसाधारणले नतिजा प्राप्त गर्न सक्नेछन् ।

रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको नामक वेभसाइटबाट, सिभिल क्यापिटलको वेभसाइट , बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको वेभसाइट र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।