सुनकोशी गाउँपालिकामा नाफामूलक संस्थालाई २४ लाख रुपैयाँ अनुदान


सिन्धुली । सुनकोशी गाउँपालिकाले नाफामूलक संस्थालाई अनुदान दिएको पाइएको छ । महालेखा परिक्षकले सार्वजनिक गरेको तथ्यांक अनुसार पालिकाले नाफामूलक संस्थालाई अनुदान दिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ ले वितरणमुखि खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालिन पुँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्ने हुन्छ ।

तर गाउँपालिकाले नाफा कमाउने उदेश्यले स्थापना भएको संस्थालाई अनुदान उपलब्ध गराएको महालेखाले जनाएको छ । अनुदान उपलब्ध गराउने भए सार्वजनिकरुपमा निशुल्क वा न्युन शुल्कमा सेवा उपलब्ध गराउने सुनिश्चित हुनुपर्छ । तर पालिकाले सुनिश्चीत नगरी अनुदान उपलब्ध गराएको हो ।

गाउँपालिकाले महाभार कृषि सहकारी संस्था लिमिटेडलाई १२ लाख र नागी चालिसे मतानवास किक फल समूहलाई १२ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।

Skip This