नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश संसोधन गर्‍यो, बोनस सेयर कति ?


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले घोषणा गरेको लाभांश संशोधन भएको छ । बैकले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांशमा संसोधन गरेर ८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको हिजो असोज २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशतले हुन आउने १ अर्ब ६० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८ करोड ४२ लाख १० हजार ५ सय २७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअघि बैंकको असोज ४ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।