काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ३४ अंकले बढ्दा कारोबार रकम ५ अर्ब भन्दा बढि रुपैयाँको उछाल आएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३४.१७ अंकले घटेर २०२०.६४ अंकमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ६.५२ अंकले बढेर ३७९.८७ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्यमा हरियाली छाएको छ ।
आजको दिन शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ६६ लाख ८७ हजार २ सय ५० रुपैयाँको कारोबार भएको छ ।
आजको दिन वीन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.९३ प्रतिशतले घटेको छ ।
कुल २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६ सय ९३ कित्ता सेयर किनेबच हुँदा ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९ सय ४३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्