लघुवित्तमा झुम्मिए लगानीकर्ता, २ घण्टा भित्रै १०लघुवित्तमा लाग्यो सर्किट


काठमाडौं । कारोबार सुरु भएको २ घण्टामा नेप्सेमा उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ४० अंकले बढेको छ भने ११ वटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दसम्म नेप्से परिसूचक ४०.७६ अंकले बढेर २१७०.१८ अंकमा पुगेको छ । निर्जिवन विमा उपसमुहबाहेक सबै उपसमुहको सेयर बढेको छ ।

कारोबार सुरु भएलगत्तै लगानीकर्ताको आर्कषण लघुवित्तमा देखिएको छ । जसअनुसार आज सबैभन्दा धेरै लघुवित्त उपसमुहको सेयरमूल्य ८.२६ प्रतिशतले बढेको छ ।

नेप्सेमा अहिलेसम्म सर्किट लाग्ने कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स बाहेक १० लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन लाइफ इन्स्योरेन्स, गरिमा विकास लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त तथा वित्तीय संस्था, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था, विपिडब्ल्यू वित्तिय लघुवित्त संस्था रहेका छन् ।

त्यस्तै बाँकी १३ वटा लघुवित्त कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भई सकरात्मक सर्किट लेबलमा कारोबार भइरहेको छ ।

Skip This