काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्थाले ब्याजदर पनि मिलेमतोमा गर्ने सम्पूर्ण कुरा मिलेमतोमा भए, एकाधिकारवादी भए त्यसले समस्या सिर्जना गर्ने उनले बताए ।
“यसमा प्रतिस्पर्धा हेर्ने दृष्टिकोण राख्नुपर्छ । आफ्नो लागत, दक्षता बढाएर सेवा बढाउँछ र सहुलियत बढाउँछ भने किन बढाएको भनेर संघहरुले भन्यो भनेर बढाउन पाउँदैन भन्यो भने लक्षित उदेश्य प्राप्त गर्न सकिँदैन,” उनले भने, “स्वस्थ प्रतिस्पर्धा, उत्तरदायित्व र अधिकार गर्दै गयो प्रशस्त सम्भावना छ । हाम्रो जुन जुन जिम्मेवारी छ । त्यसलाई कर्तव्य निष्ठाको साथ पालना गर्ने प्रवृतिलाई पछ्याउनुपर्छ ।”
कार्यकारी प्रमुखहरुको पनि संघ, साहुहरुको पनि संघ संगठनहरु रहेकोले यस्ता संगठनले स्वनियमनकारी काम गर्नुपर्ने उनले उल्लेख गरे ।
“यसले हामीलाई के पुगेन, हाम्रो हितमा के भएन भनेर मात्रै नभनेर हामीनले जुन क्षेत्रमा काम गर्छौ त्यसमा के जिम्मेवारी छ, हामी कति कर्तव्य निष्ठ भएर लाग्छौं भन्ने तर्क नियमन भयो भन्ने कुरा हेर्नुपर्छ । राष्ट्र बैंकले नियमन गर्न सकेको छैन भनेको परिवेशमा यस्ता संघ संस्थहरुले स्वनियमन र जसलाई जे जिम्मेवरी छ त्यसमा सबैले हाम्रो पनि जिम्मेवारी भन्ने कुरा सबैले महशुस गर्यौ भने हेर्ने बाटोमा जान्छौं,” उनले भने ।
आप्mनो हितको लागि कार्टेलिङ को लागि मात्र संस्था बनेको नभइ जिम्मेवार बनाउन संघ संस्थाहरु बनेको बताए ।
प्रतिक्रिया दिनुहोस्