काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई माइक्रो फाइनान्सको सेयर कारोबार रोक्का हुने भएको छ । दुई संस्था मर्जरमा गएपछि नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का हुने भएको नेप्सेले जनाएको छ ।
यी दुई संस्थाले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै लघुवित्तको सेयर कारोबार रोक्का हुने भएको हो ।
संस्थाहरु एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबारपश्चात लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनार्थ असार ३० गतेदेखि लागु हुने गरी सेयर कारोबार रोक्का राखिदिन संस्थाहरुले नेप्सेसमक्ष आग्रह गरेको छ । यी दुई कम्पनीले नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ।
गत असार २२ गते नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। यसअघि गत पुस ७ गते यो मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो।
प्रतिक्रिया दिनुहोस्