काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जनकपुर चुरोट कारखाना चल्ने सम्भावना नभएको स्पष्ट पारेका छन् ।
राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री रिजालले रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा बहस भएरहेको अवस्थामा उद्योग मन्त्री रिजालले जनकपुर चुरोट कारखाना चल्ने कुनै सम्भावना नदेखेको बताए ।
उनले अन्य रुग्न उद्योगहरू सञ्चालन ढाँचा सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिएको जानकारी दिए ।
मन्त्री रिजालले भने, “जनकपुर चुरोट कारखाना चल्ने मैले कुनै सम्भावना देखेको छैन । अन्य रुग्ण उद्योगको विषयमा नेपाल रुग्न मेगनसाइट प्रा.लि. लगायत बन्द तथा रुग्ण उद्योग सञ्चालन मोडालिटी सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिएको छ । यो निर्णय भए अनुसार काम हुने विश्वास दिलाउन चाहन्छु ।”
उनले रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा सरकारले गरेको निर्णय अनुसार काम हुने विश्वास दिलाउने बताए ।

 
                            

                    
प्रतिक्रिया दिनुहोस्