सबैभन्दा बढि ब्याजदर एनएमबि बैंकले दिने


काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदरमा हुने भद्रसहमती तोडिएसँगै आफु खुशी ब्याजदर तोकेका छन् । वाणिज्य बैंकहरुले साउन महिनाको लागि ब्याजदर तोकेका हुन् । नेपाल बैंकर्स संघले तोके अनुसार वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण हुने गरेको थियो ।

वाणिज्य बैंकहरुमध्ये व्यक्तिगत मुद्धतीमा सबैभन्दा बढि ब्याजदर एनएमबि बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याजदर स्ट्याण्र्डड चार्टड बैंकले दिने भएको छ ।

एनएमबि बैंकले धेरै अवधिको लागि मुद्धती निक्षेपमा धेरै ब्याजदर दिन लागेको हो । बैंकले १० वर्षभन्दा माथिको निक्षेपमा अधिकतम १०.९८ प्रतिशत र २ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा ९.७५ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

नबिल बैंकले १०.४९ प्रतिशत, प्राइम कर्मशियल बैंकले १०.९३ प्रतिशत र कुमारी बैंकको ब्याजदर १०.०१ प्रतिशत रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.९९ प्रतिशत, ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशत, सिटिजन्स बैंकको ९.९९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८.९९ प्रतिशत, हिमालयन बैंकले ९.९९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ९.९९ प्रतिशत ब्याजदर रहेको छ ।

कृषि विकास बैंकको ९.५१ प्रतिशत, सिद्र्धाथ बैंकको ९.५० प्रतिशत, प्रभु बैंकको ९.५० प्रतिशत, सानिमा बैंकको ९.२५ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.१० प्रतिशत, एभरेष्ट बैंकको ९ प्रतिशत र माच्छापुच्छ«े बैंकको ९ प्रतिशत ब्याजदर तोकिएको छ ।

नेपाल बैंकको ८.९९ प्रतिशत र स्ट्याण्र्डड चार्टड बैंकको ८.९५ प्रतिशत ब्याजदर तोकिएको छ ।

प्राइम कर्मशियल बैंकले रेमिट्यान्स खातामा १२.५० प्रतिशत, ग्लोबल आइएमई बैंकले ११.९९ प्रतिशत र एनएमबि बैंकले १०.९८ प्रतिशत ब्याजदर दिने निर्णय गरेका छन् ।