कृषि क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने राष्ट्र बैंकको अनुमान


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०\०८१ मा कृषि क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने अनुमान गरेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०|०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै मनसुनको सक्रिय, रासायनिक मलको सहज रुपमा उपलब्ध र सरकारले समयमा नै धानको न्यूनतम समर्थन मूल्य तोकी मूल्य अनिश्चितता हटाएकाले आर्थिक वृद्धिदर सन्तोषजनक रहने अनुमान गरेको हो ।