काठमाडौँ । मिड सोलु हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको कम्पनीले साउन १४ गतेदेखि साउन २८ गतेसम्म निष्कासन गरेको थियो ।
कम्पनीले ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४० कित्ता साधारण सेयर वैदेशिक रोजागारीमा रहेका नेपालीहरुको निष्काशन गरिएको थियो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ३१ हजार ५ सय २२ जना लगानीकर्ताहरूले ७ लाख ४ हजार २ सय कित्ताका लागि आवेदन दिएकामध्ये, ५८ हजार ६ सय ४० कित्ता सेयरको आवेदन रद्द भएको थियो । बाँकी २९ हजार ६४१ जना लगानीकर्ताहरूले आवेदन दिएका ६ लाख ४५ हजार ३०० कित्ता सेयर गोलाप्रथाका लागि योग्य ठानी समावेश गरिएको थियो ।
कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४ सय ८४ जनालाई छनौट गरी १० कित्ताका दरले आईपीओ बाँडफाँड गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्