नेपालमा जिम्नीको डेलिभरी सुरु


काठमाडौँ । एसयूभी जिम्नी “द अल्टिमेट अफ रोदर“ को डेलिभरी नेपालभरीका सोरुमहरुबाट सुरु गरेको छ । नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्ट जेनले नेपालभरीका सोरुमहरुबाट डेलिभरी सुरु गरेको हो ।

जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडी मध्ये एक रहेको जनाएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित रहेको र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार एसयूभी उन्नत फो डब्लूडी प्रणाली, अल ग्रिप प्रोसँग आउने तथा ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्रि लिंक रिगिड एक्जल सस्पेन्सियन जस्ता अफ–रोड सुविधा हरू समावेश गरिएको छ ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी बनाइएको जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू रहेको कम्पनीले जनाएको छ ।