काठमाडोँ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । शुक्रबार बाँडफाँडमा भएको आइपिओमा मागभन्दा बढी आवेदन परेको थियो ।
मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड गरिएको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्गले जनाएको छ ।
आईपीओमा १४ लाख ६६ हजार ८६२ आवेदकबाट कुल १ करोड ६४ लाख ६३ हजार ५८० कित्ता सेयर माग भएको थियो । जसमध्ये १४ लाख ६० हजार ६१ आवेदकबाट परेको १ करोड ६३ लाख ५८ हजार २१० कित्ता सेयर आवेदनलाई प्रमाणित गर्दा बाँकी रहेका ६ हजार ८०१ आवेदकबाट माग भएको १ लाख ५ हजार ३७० कित्ता सेयर आवेदन बदर भएको उल्लेख गरेको छ।
कम्पनीको भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । प्रमाणित आवेदक मध्य ६ लाख २१ हजार ९३९ आवेदकको हात खाली भएको छ।
कम्पनीले सर्वसाधारणका लागि १०० रूपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा आईपीओ बिक्री गरेको थियो । सर्वसाधारणका लागि ७६ लाख ८० हजार कित्ता छुट्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्