‘हेनरी मिनिकार’ ईभी एक्सपोमा, एक लाख ५० हजार छुट पाइने


काठमाडौँ । नेपालमा पछिल्लो समय सस्ता विद्युतीय गाडी भित्रिन सुरू गरेका छन्। भृकुटीमण्डपमा आजदेखि सुरू भएको अन्तराष्ट्रिय ईभी एक्सपोमा हेनरीको मिनीकार मोडल एचको २२ लाख रुपैयाँमा सार्वजनिक भएकाे छ । नेपालमा पायोनियर वल्र्डवाइड प्रा।लिले सो मिनीकार नेपाली बजरमा बिक्री–वितरण गर्दै आएकाे छ ।

३५ किलोवाटको मोटर र १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री भएको सो मिनी कारले सिंगल चार्जमा १८५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएकाे छ । ४ जना बस्न मिल्ने ५ ढोके सो मिनी कारको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ भने ह्विलबेस २४४० एमएम रहेकाे छ ।

सिटीमा फुल एसीमा १२५ देखि १५० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। कम्पनीले हाल ब्याट्रीमा ५ वर्षको वारेन्टी दिएको छ।

यसमा डे टाइम रनिङ लाइट , एलइडी हेडलाइट, नयाँ टेललाइट जस्ता फिचर थप भएर आएको छ ।

सो कारको मूल्य २४ लाख ५० हजार रुपैयाँ भए पनि यसमा १ लाख ५० हजार छुट समेत उपलब्ध छ । त्यस्तै कम्पनीले रातो, निलो, कालो, हरियो, खैरो, सेतो जस्ता कलरमा उपलब्ध हेनरी मिनी कारको मूल्य २४ लाख ५० हजार तोकिएको कम्पनीले जनाएको छ ।