भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट


काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ सोमबार बाँडफाँट भएको छ। सर्वसाधारणका लागि भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधार सेयर भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म खुला भएको थियो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न गरेको जनाएको छ ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

आईपीओमा कुल १३ लाख ९ हजार ६६ आवेदन परेकोमध्ये २ हजार ३८९ आवेदन रद्द भएको र बाँकी १३ लाख ६ हजार ६७७ आवेदनलाई रुजु गरिएको छ जनाइएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेको उल्लेख गरेको छ ।