काठमाडौँ । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नविल बैंकसँग सहकार्यको घोषणा गरेको छ ।
सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नविल बैंकले गाडीको मूल्यको ८० प्रतिशत भन्दा बढी सम्म कर्जा उपलब्ध गराउने उल्लेख गरेको छ ।
कम्पनीका अनुसार २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।
वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी इन्डोनेसियामा लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।
सो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।
रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्