देशका विभिन्न १६० भन्दा बढि स्थानमा हिमालयन बैंकका ग्राहकहरुलाई विशेष छुट


काठमाडौँ। हिमालयन बैंक लिमिटेडले देशका विभिन्न १६० भन्दा बढि स्थानहरुमा विशेष छुटको व्यवस्था गरेको छ । आफ्नो ग्राहकहरु माझ विभिन्न सेवा अभिबृद्धि गर्ने उदेश्यले, आफ्ना सबै ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढि स्थानहरुमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।

बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम, लगायत अन्य स्थानहरुमा बस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्ने जनाइएको छ।

बैंकले सम्बन्धित व्यवसायीसंगकोे सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम २०∞ सम्म छुटको व्यवस्था गरेको छ । छुट सुविधा प्राप्त गर्न ग्राहकहरुले विल लिनु भन्दा पहिला नै आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय )डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउने उल्लेख गरिएको छ ।

ग्राहकबर्गहरुले छुट पाउने स्थान, प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे वेभसाइटमा गई हेर्न सक्नेछन् ।

हाल यो योजना १६० भन्दा बढि व्यवसायिक संस्थाहरुमा लागु भएको तथा निकट भविष्यमा यस योजना देशभरि २०० वटा थप व्यवसायीमा विस्तार गरि आफ्ना ग्राहकहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको बैंकले उल्लेख गरेको छ ।