बिहीबार ४४ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । बिहीबार नेप्से हरियाली भएको छ । बिहीबार नेप्से परिसूचक ४४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ७.५५ अंकले बढेर ३८८.७२ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यो इन्स्योरेन्स आजबाट कारोबार सुरु भएको हो ।

बिहीबार चार ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यसको मूल्य ४.०७ प्रतिशतले घटेको ।

कुल २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ ४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३ सय ६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।