बुधबार नेप्से दोहोरो अंकले बढ्यो, नेपाल टेलिकमको सर्वाधिक कारोबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १६.९५ अंकले बढेर २८०१.५२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ७ वटा उपसमुहमा हरियाली छाएको छ भने ५ वटा उपसमुह राताम्ये बनेका छन् ।

आज नेप्सेमा कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । कम्पनीको ५८ करोड ६८ लाख ६२ हजार ९ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज पन्चकन्या माई हाइड्रो र नेपाल टेलिकमका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको भने अन्य चार वटा कम्पनीको सेयरमूल्य सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै नेपाल बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.४७ प्रतिशतले घटेको छ ।

आइतबार २२४ कम्पनीको १ करोड१९ लाख ४३ हजार ८ सय ५८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४७ हजार ८ सय १९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।