काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकका ग्राहक, बंैकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक, बंैकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिदमा छुट पाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्