शुक्रबार नेप्सेमा साढे १३ भन्दा लाख बढी कित्ता सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार २ कम्पनीको साढे १३ लाख कित्ता सेयर थपिएको छ । आज ङादी ग्रुप पावर र ग्रिन डेभलपमेन्ट बैंकको कुल १३ लाख ६८ हजार २२१ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

जसमध्ये ङादी ग्रुप पावरको ११ लाख ७८ हजार २२१ कित्ता र ग्रिन डेभलपमेन्ट बैंकको १ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

ङादी ग्रुपले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गरेको थियो ।

यसैगरी ग्रिन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३.८ प्रतिशत बोनस सेयर र ०.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गरेको थियो ।